२३ आश्विन २०७५, मंगलवार

जिक्वान, चीन । चीनले दुइटा नयाँ रिमोट सेन्सिङ उपग्रह (स्याटेलाइट) प्रक्षेपण गरेकाे छ । मङ्गलबार जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट ती रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको चिनिया समाचार एजेन्सीहरुले जनाएका छन् ।


चिनिया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२ सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । यी उपग्रहहरु इलेक्ट्रोम्याग्नेटिक वातावरण सर्भेक्षण र यससँग सम्बन्धित अन्य प्रविधि परीक्षणमा उपयोग गरिनेछ ।

लङ मार्च रकेटको यो २८६ औं अभियान रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV