२३ आश्विन २०७५, मंगलवार

नेपालकी चर्चित नायिका हुन् नम्रता श्रेष्ठ । उनी जति चर्चित छिन् उती नै विवादित नायिका पनि हुन् । उनै नायिकामाथि उपन्यास लेखिने भएकाे छ ।

लेखक सविन प्रियासनले नायिका नम्रतालार्इ लिएर उपन्यास लेख्ने भएका हुन् । उपन्यासमा ब्लु भिडियो प्रकरणपछि नम्रताले अाफूलार्इ समाजमा पुनर्स्थापित गराउनका लागि गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविनले बताएका छन् ।

सविन भन्छन्, ‘उहाँले ब्लु भिडियो सार्वजनिक पश्चात साहसिक रूपमा अाफूलार्इ पुनर्स्थापित गर्नुभयाे । यसले नै मलार्इ उहाँप्रति उपन्यास लेख्न प्रेरित गरेकाे हाे ।’ उनी भन्छन्, ‘कमजाेर मन भएकाहरूले यस्ताे घटना बाहिरिए पश्चात अाफूलार्इ सम्हाल नसकेर अात्महत्या पनि गर्छन् । तर, नम्रताले हिम्मत नहारी फिल्मलार्इ निरन्तरता दिइरहनुभयो ।’

सविनका अनुसार,ब्लु भिडियोको प्रकरणका बारेमामा पुस्तकमा चर्चा हुन्छ तर थोरै। नम्रताले ब्लु भिडियो प्रकरणलाई धेरै हाइलाइट नगर्न अाग्रह समेत गरेकी छिन् ।

पुस्तक अाउँदाे वैशाखमा बजारमा ल्याउने लक्ष्य राखेका लेखक सविनले पुस्तककाे नाम भने फाइनल गरी नसकेकाे बताएका छन् ।

दाङको घोराहीमा बसोवास गर्ने पत्रकार/साहित्यकार प्रियासन केहि समयकाे बिश्रामपछि नम्रताकै कारण आफू उपन्यास लेखनमा फर्किएको बताउँछन् । हालसम्म यिनका ६ वटा उपन्यास प्रकाशित भएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV