२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । सरकारले सिंहदरबारको सौन्दर्य बढाउन विभिन्न २६ बुँदे निर्णय गरेको छ। मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सबै मन्त्रालयका सचिव सम्मिलित बैठकले सिंहदरबार परिसर व्यवस्थापनका लागि २६ बुँदे निर्णय गरेको हो।

निर्णयअनुसार अब सिंहदरबारमा सिंगो इतिहास झल्किने गरी म्युजियम स्थापना गरिनेछ। सहरी विकास मन्त्रालयलाई यससम्बन्धी प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छ। यस्तै बैठकले सिंहदरबारको बाहिरी पर्खाललाई कलात्मक र सुन्दर बनाउने र पुरातात्विक महत्वका भवनलाई पूर्ण रूपमा संरक्षण गर्ने निर्णयसमेत गरेको खबर आजको अन्नपुर्ण पेष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV