२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । सुदूरश्चिम प्रदेशकाे प्रदेश राजधानीबारे चुलिएकाे विवाद सर्वाेच्च अदालतसम्म पुगेकाे छ । साविककाे अस्थायी राजधानी धनगढीबाट स्थायी राजधानी चुरे क्षेत्रमा पर्ने गाेदावरी जंगलमा सार्ने निर्णय गरिएपछि याे व्यापक विवाद र बहसकाे विषय बनेकाे छ ।

राजधानीकाे नाममा चुरेको फेदी गोदावरीस्थित वन विनाश गर्न लागिएकाे भन्दै विराेध भइरहेका बेला त्यहाँ राजधानी बनाउने निर्णय कार्यान्वयन नगराउन सर्वाेच्च अदालतमा रिट दायर गरिएकाे छ । अधिवक्ता देवीकुमारी जोशीले सोमबार सर्वोच्च अदालतमा गाेदावरी राजधानी राख्न निर्णयविरुद्ध अन्तरिम अादेशकाे माग गर्दै रिट दायर गरेकी हुन् ।

रिटमा संघीय मन्त्रिपरिषद्, सुदूरपश्चिमका मुख्यमन्त्री तथा प्रदेश सभामुखलार्इ प्रतिवादी बनाइएकाे छ । त्यस्तै राजधानी सिफारिस गर्न गठित विशेष समिति संयोजक तारा लामा तामाङसमेतलाई पनि प्रतिवादी बनाइएकाे छ ।

LIVE TV