२३ आश्विन २०७५, मंगलवार

वि।सं।२०७५ साल असोज २३ गते । मंगलबार । ईश्वी सन् २०१८ अक्टोबर ०९ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । आष्विन कृष्ण पक्ष । तिथि औषिं,०८ घडी ०१ पला,बिहान ०९ बजेर १३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र हस्त,१७ घडी ५० पला,दिउँसो ०१ बजेर ०९ मिनेट उप्रान्त चित्रा । योग ऐन्द्र २६ घडि २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त वैधृति । करण नाग,बिहान ०९ बजेर १३ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी ०८ बजेर ३३ मिनेट उप्रान्त बव । आनन्दादिमा सौम्य योग । चन्द्रराशि कन्या,रातको १२ बजेर ५१ मिनेट उप्रान्त तुला । स्नान(दान गर्ने र हलो बार्ने औंसी। मातामह श्राद्ध। हुलाक दिवस काठमाडौंमा सूर्योदय ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २९ घडी ०७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायमा लगानि बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिष्पर्धा गर्नुपरेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसि हुनेछ । पढन पाढनमा अलि मन नजादा गृहकार्यहरु समयमा सकाउँन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । बिवाद प्रतिष्पर्धामा बिपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनितिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानि बढाउँन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । बिवादित बिषयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न रहनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धन सम्पति तथा भौतिक सम्पति अरुलाई प्रयोग गर्न नदिनुहोला समय मध्ययम रहेकोछ । आफन्त,घर परिवार तथा कुटुम्ब सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । तपाईको बोलिको गलत प्रयोग गरि अरुले आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन प्रशस्त समय मेहनेत गर्नु पर्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) राजनिति तथा कल्याणकारि कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरिको बिदेश यात्राको तय हुनेछ भने बिदेसि सामानको व्यापार व्यावसाय बढेर जानेछ । कर्म क्षेत्रमा आउँने बिवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सँकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाईमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने पति पत्नि बिच अबिश्वास बढ्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पछि सम्म फाईदा हुने व्यापार व्यावसायमा लगानि गरि आम्दानि सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तिब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरि अग्रगामि छलाङ मार्न सकिनेछ । शिक्षा तथा शिक्षा पेशा सँग सम्बन्धित कामहरुबाट आम्दानि बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथि सँग थप आत्मिय भाव बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउँनेछन् भने प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धिमुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काममा हात हाल्ने समय रहेपनि उपलब्धि भने ढिला मात्र प्राप्त हुनेछ । लामो दुरिको यात्राको सम्भावना रहेपनि यात्राका क्रममा ध्यान दिनुहोला झन्झट हुन सक्छ । पढाई लेखाईमा समय खर्चिए पनि भनेजस्तो रिजल्ट नआउने योग रहेकोछ । अरुकै काममा समय जाने हुनाले आफ्नो काम थाति रहनेछ । अध्यात्म तथा धार्मिक क्षेत्र समय खर्चिए केहि लाभ हुनेछ । प्रशासनिक क्षेत्रमा अनाबश्यक ढिला सुस्तिको चपेटामा परिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्याक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानि भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदि बहिनि सँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । पढाई लेखाईमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अबिश्वास बढ्ने तथा धोका हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नया ठाउमा नया नियूक्ति तथा काम गरिरहेको ठाउमा बढोत्तरि हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी गणेस काफ्ले ।

LIVE TV