२३ आश्विन २०७५, मंगलवार

काठमाडौँ । सङ्घीय लिम्बुवान् राज्य परिषद्ले आफूहरु सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको छ ।

साेमबार एक विज्ञप्ति जारी गर्दै परिषद्का संयोजक सञ्जुहाङ पालुङ्वाले आफूहरुसँग सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गरे मात्र वार्ताको वातावरण बन्ने सर्त समेत अघि सार्नुभएकाे छ ।

फाइल तस्वीर

लिम्बुवानलगायत आदिवासी जनजाति, मधेशी, दलित र मुसलमान तथा उत्पीडित जनताको अधिकारलाई स्थापित गर्नुपर्ने परिषद्को माग रहेको उहाँको भनाइ थियो ।

परिषद्ले २०६४ मा सरकारसँग भएको सम्झौता लागू गर्नुपर्ने तथा आत्मनिर्णयको अधिकारसहित स्वायत्त लिम्बुवान् राज्यको घोषणा हुनुपर्ने अडान राखेको छ ।

परिषद्ले आन्दोलनका क्रममा घाइते भएका तथा गिरफ्तारी तथा झूटा मुद्दा लगाइएका कार्यकर्ताको विनाशर्त रिहाइ तथा मुद्दा फिर्ता लिने काम हुनुपर्ने लगायत सर्त राखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV