२२ आश्विन २०७५, सोमबार

काभ्रे । नौ वर्षीया दुई बालिकालाई जर्वजस्ती करणी गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बेथानचोक गाँउपालिका–४ मा रहेको कालिका माध्यामिक विद्यालयमा सामाजिक तथा नैतिक शिक्षा पढाउने शंकर पहरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

कक्षा पाँचमा अध्ययन गर्ने दुई बालिकालाई बलात्कार गरेको आरोपमा पहरी पक्राउ परेका हुन् । जिल्ला अदालत काभ्रेबाट सात दिनको म्याद थप गरेर उनलाई हिसारतमा राखिएकोछ । पहरी राहत कोटाबाट कालिका माध्यामिक विद्यालयमा पढाउँदै आएका थिए ।

LIVE TV