२२ आश्विन २०७५, सोमबार

काठमाडौं ।  ब्रिटिस ओपन इन्टरनेसनल कराते(विकेएस) प्रतियोगितामा पदक बिजेता कराँते खेलाडी सोमवार सम्मानित भएका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतवहानुर सुनार (बिश्वकमा),सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडी विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा तथा रेफ्री सृजना अधिकारीलाई सम्मान गरेका थिए । ब्रिटिस कराते फेडेरेसनको आयोजनामा युकेको लेचेस्टरमा आश्विन ६ र ७ सञ्चालन भएको प्रतियोगिताको कुमुते टिम स्पर्धामा नेपालबाट विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा फाईनलमा पराजित भए पछि रजत पदक जितेका थिए ।

सोनमले नै कुमुतेको ब्यक्तिगत स्पर्धा अन्र्तगत पुरुष कुमुतेको ६० केजी मुनी नेपाललाई कास्य दिलाएका थिए । त्यस्तै नेपालकातर्फबाट निर्णायकको भूमिका निर्वाह गरेकी एशियन रेफ्री सृजना अधिकारीले उत्कृष्ट रेफ्रीको अवार्ड जितेकी थिईन् । नेपाली टिममा सहभागि ब्यवस्थापक राजेन्द्र दुलाल,कुवेर एसके,खेलाडी सागर गुरुङलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV