२२ आश्विन २०७५, सोमबार

काठमाडौं । हरेक व्यक्ति सुन्दर देखिन चाहन्छन् र सुन्दर देखिन विभिन्न श्रृंगार सामग्रीको प्रयोग गर्दछन् । तर, म्यानमारको कायान आदिवासी भने सुन्दर देखिन घाँटी लामो पार्ने कोशिसमा रहन्छन् । जसका लागि ‘नेक रिङ’ लगाइन्छ ।

म्यानमार अर्थात् बर्माका कायान आदिवासी समुदायमा लामो घाँटी भएकालाई सुन्दर मानिन्छ । त्यसैले सौन्दर्यका लागि यहाँका महिला डोरीजस्तो लामो पित्तललाई घाटीमा बेर्छन । जसलाई ‘नेक रिङ’ भनिन्छ ।

‘ड्रागन’लाई आमाको रुपमा मान्ने यिनीहरु आमाको सम्झ्mनाका लागि ड्रागनजस्तै लामो घाटी हुनुपर्छ भन्ने मान्यता राख्छन् । लामो घाँटीका लागि प्रख्यात यो समूदाय आफ्नो संस्कृति र परम्परा जोगाउन संघर्षरत छन् ।

पहिले घाँटीमा यसरी माला नलगाउने महिलालाई सुन्दर मानिदैन थियो । तर, अहिले समय परिवर्तनसँगै पछिल्लो पुस्ताले भने असजिलोका कारण लगाउन छोड्द छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV