२२ आश्विन २०७५, सोमबार

डडेलधुरा । सात बुँदे माग राख्दै जिल्ला कारागार डडेल्धुराका दुई कैदीले आमरण अनसन थालेका छन् ।

असल चालचलन भएका कैदी–बन्दीलाई ६० प्रतिशत माफी मिनाहको पुरानै व्यवस्था लागू, अदालत र प्रहरीमा मौलाएको भ्रष्टाचार नियन्त्रण र निर्दोषलाई जबरजस्त दोषी करार गराउने प्रबृत्ति अन्त्यको माग गर्दै कैदीद्वय चन्द्रसिह साउद र देवीसिंह ऐरले अनसन सुरु गरेका हुन् ।

उनीहरुले भरणपोषण भत्ता प्रतिदिन एकसय रुपैयाँ पु¥याउनु पर्ने, कारागारभित्रै श्रम गर्ने व्यवस्था हुनुपर्ने र खुला कारागार नीति तत्काल कार्यान्वयन हुनुपर्ने माग पनि गरेका छन् । कैदी-वन्दीको मागबारे कारागार विभागलाई जानकारी गराएर अनसन तोडाउने प्रयास भइरहेको जेलर शिवराज भट्टले जानकारी दिनुभयो ।

डडेल्धुरा कारागारमा ५१ पुरुष, ३ महिला कैदी-वन्दी र २ आश्रित बालबालिका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV