२२ आश्विन २०७५, सोमबार

काठमाडौं, २२ असोज । नयाँ नोट सटहीका लागि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । घण्टौंसम्म लाइनमा बसेर नोट साट्नुपर्ने अवस्था रहेकाले दिन नै माया मार्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकले सरकारी स्वामित्वका तीन वटा बैंकका विभिन्न शाखाबाट नोट सटही गर्ने व्यवस्था गरेको पनि सर्वसाधारणको भीड भने राष्ट्र बैंकमा नै देखिन्छ ।

यो नयाँ नोट साट्नका लागि सर्वसाधारणको लाइन हो । दशैं आशिर्वाद थाप्ने पर्वका रुपमा पनि लिने गरिन्छ । आर्शिवादसँगै नयाँ नोट समेत दिने परम्परा जस्तै बनेको छ । त्यसैले पनि राष्ट्र बैंकले प्रत्येक वर्ष नयाँ नोट जारी गर्नेगर्छ । तर नयाँ नोट सटहीका लागि सहज भने छैन । लामो लाइनमा बस्नुपर्ने बाध्यता उस्तैछ । सिमित बैंकका शाखाबाट मात्र नोट सटही हुँदा ६ घण्टासम्म लाइनमा बस्नुपरेको बाध्यता रहेको छ ।

नेपाल राष्ट्र बैंकसँगै सरकारी स्वामित्वका कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट पनि नोट सटही गर्ने व्यवस्था मिलाएको छ । तर, कृषि विकास बैंकमा सर्वसाधारण नोट सटहीका लागि कमै मात्र पुग्ने गर्छन । काठमाडौंभित्रका ६ शाखाबाट नोट सटहीको व्यवस्था मिलाइएको कृषि विकास बैंकको दाबी छ ।

तर, कृषि विकास बैंकले सहजै नोट नसाट्ने सर्वसाधारणको गुनासो छ । कृषि विकास बैंकले सहज नबाएका कारण राष्ट्र बैंक नै धाउनुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । बाइटः सर्वसाधारण
राष्ट्र बैंकले तोकिएका सबै बैंकबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँ सम्म नोट साटन पाउने जनाएको छ । सर्वसाधारणलाई सहज बनाउन राष्ट्र बैंकले अर्को वर्षदेखि नोट सटहीकै लागि दशैं पर्खनु नपर्ने बताएको छ ।

दशैंका बेलामा सिमित बैंक्बाट मात्र नयाँ नोट सटही हुँदा सर्वसाधारणहरु घण्टौ लाइन बस्न बाध्य छन् । तोकिएका अन्य बैंकले नोट सटहीमा चासो नदिदा समेत सर्वसाधारण हैरानी व्यहोर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV