२२ आश्विन २०७५, सोमबार

काठमाडौं । सेयर बजारमा परिसूचक नेप्से सामान्य बढेको छ । बजारमा विक्रीचाप उच्च भएपनि केही दिन यता परिसूचक घटिरहेकाले सोमबार लगानीकर्ताले माग बढाएका छन भने कतिपय लगानीकर्ताले शेयरको विक्री रोकेका छन् । जसले गर्दा शेयर बाजरमा बृद्धि देखिएको हो ।

सोमबारको शेयरबजारमा परिसूचक नेप्से ६ दशमलव एक छ अंकले बृद्धि भई १ हजार २ सय २० दशमलव पाँच दुई अंकमा बन्द भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १ दशमलव दुई नौ अंकले बढेर दुई सय ५८ दशमलव आठ दुई अंकमा पुगेको छ । बजारमा केही दिन यता परिसूचकमा गिरावट आएपछि सोमबार लगानीकर्ताले माग बढाउँदा नेप्सेलाई टेवा पुगेको हो ।

त्यस्तै बजार फेरि घटेको भन्दै लगानीकर्ताले शेयर विक्री समेत कम गरेका छन जसले गर्दा कारोबार रकमम समेत न्यून भएको छ । १ सय ६३ कम्पनीको ३७ करोड १६ लाख भन्दा माथिको १४ लाख ५१ हजार ५ सय ७२ कित्ता शेयर खरिद विक्री भएका छन् । कारोबारमा आएका समुमध्ये अन्य र जीवन बीमा समुहमा मात्र गिरावट आएको छ ।

त्यस्तै लगानीकर्ताको आकर्षण अझैपनि कमर्शियलबैंकहरुमा देखिएको छ । केही कमर्शियल बैंकहरुले उच्च नाफा वितरण गर्न सक्ने आकलन सहित लगानीकर्ताले शेयर खरिद गरिरहेका छन् । सोमबार माछापुच्छ«े बैंकको मात्रै ९ करोड ६९ लाख भन्दा माथिको शेयर कारोबार भएको छ ।

त्यस्तै नाडेप लघुवित्तका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यो कम्पनीको शेयर मूल्य १ साता यता लगातार १० प्रतिशतले बढिरहेको छ । मन्जुश्री फाइनान्सका शेयरधनीले ३ प्रतिशत भन्दा बढिले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV