२२ आश्विन २०७५, सोमबार

कायरो । इजिप्टको सिनैमा ५२ शंकास्पद जिहादी मारिएको सरकारी सेनाले दावी गरेको छ ।
इस्लामिक स्टेट आइएस लडाकू विरुद्धको सुरक्षा कारबाही अभियानका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
सुरक्षाफौज र आइएस लडाकूहरुको भिडन्तमा परी तीन जना सरकारी सुरक्षाकर्मी पनि मारिएको सोमबार जानकारी दिइएको छ ।

सुरक्षाकर्मीहरुले आइएस लडाकू, जिहादीलगायतका हिंसा मच्चाइरहेका हतियार समूहहरुलाई लक्षित गरि सुरक्षा कारबाही अभियान चलाइरहेको छ ।

सोमबार सेनाका अधिकारीहरुले दुई छुट्टा छुट्टै ठाउँमा सुरक्षा कारबाही गर्दा उनीहरु मारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV