२२ आश्विन २०७५, सोमबार

काठमाडौं । सोमबार विभिन्न कम्पनीका वित्तीय गतिविधि सार्वजनिक भएका छन् । एनसीसी बैंकको हकप्रद भर्ने म्याद सकिएको छ भने एनएमबी बैंकको कर्जा सम्बन्धी जानकारी कर्जा बजारबाट पाउन सकिने भएको छ ।

सोमबार सम्म आवेदन दिने शेयरधनीले नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ५० प्रतिशत हकप्रद शेयर पाउने भएका छन् । यसअघि तोकिएको समयमा हकप्रद विक्री नभएपछि बैंकले १५ दिनको समय थप गरेको थियो ।

साउन १५ गते सम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाएका थिए । एनसीसीले २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद विक्रीमा राखेको थियो । हकप्रद विक्रीपछि बैंकको चुक्तापूँजी ७ अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

  • एनसीसी बैंकको हकप्रद विक्रीको समय सकियो
  • सोमबार सम्म आवेदन दिने शेयरधनीले शेयर पाउने
  • यसअघि विक्री नभएपछि १५ दिन समय थपिएको
  • करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद विक्रीमा
  • ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ चुक्ता पूँजी पुग्ने

एनएमबी बैंक

एनएमबी बैंक र कर्जा बजारबीच कर्जाको जानकारी दिने सम्बन्धमा सम्झौता भएको छ । ग्राहकले एनएमबी बैंकको कर्जासम्बन्धी सम्पूर्ण जानकारी कर्जाबजारबाट लिन सक्नेछन् । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया शुरु गरेर कर्जाको अवस्था समेत बुझ्न सक्ने छन् । इच्छुक जो कोहिलेपनि घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा लगायतका कर्जाका विषयमा ब्याजदर र कर्जाको अवधिको बारेमा बजारमा उपलब्ध कर्जा सुविधासंँग तुलना गर्न सक्नेछन् ।

  • एनएमबी बैंक र कर्जा बजारबीच सम्झौता
  • कर्जाको जानकारी कर्जा बजारबाट आउन सक्ने छ
  • कर्जाको आवस्यक प्रकृयाको जानकारी समेत लिन सक्ने
  • घर कर्जा, गाडी कर्जा शैक्षिक कर्जा लगायत
  • अन्य बैंकको व्याजदर र कर्जा संग तुलना गर्न सहज

विजय लघुवित्त

विजय लघुवित्त वित्तीय संस्थाले शेयरधनीललाई १० दशमलव पाँच दुई छ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले १७ करोड ७१ लाख चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र शुन्य दशमलव पाँच दुई छ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

  • विजय लघुवित्तले बोनस शेयर वितरण गर्ने
  • १० प्रतिशत बोनस शेयर वितरण गर्ने
  • ०.५२६ प्रतिशत नगद लाभांश, कर प्रयोजनका लागि
  • नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी
  • वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने

प्रतिक्रिया दिनुहोस्

LIVE TV