२२ आश्विन २०७५, सोमबार

बेइजिङ । नर्वेका राजा हेराल्ड पाँचौँ आगामी बिहीबार चीन भ्रमणमा आउनुहुने भएको छ । नर्वेका राजा हेराल्डको भ्रमणमा दश दिन लामो राजकीय भ्रमण भएको चीनको विदेश मन्त्रालयले जनाएको छ । चीनमा रहँदा उहाँले चिनियाँ संस्कृति झल्कने ऐतिहासिक ठाउँहरूको अवलोकन गर्नुहुनेछ ।

चीन भ्रमणमा रहँदा उहाँले चीन–नर्वेबीचको आपसी चासो, कुटनीतिक सम्बन्ध विस्तारलगायतका बिषयमा चिनियाँ उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्नुहुनेछ ।

राजा हेराल्ड चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा यही अक्टोबर ११ देखि २० सम्म चीनको भ्रमण गर्न लाग्नुभएको चीनको विदेशमन्त्रालयका प्रवक्ता लु काङले सोमबार सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV