२२ आश्विन २०७५, सोमबार
  • गोबिन्द कुुँवर

अछाम । अछाम जिल्ला साफेबगर नगरपलिका वडा ९ अर्थात साविको वडा २ ऐराडाका,मोहन,विककी“बुहारीलाई,एकासी,सुत्केरी,ब्यथाले च्याप्यो । अस्पताल लानका लागि सडक छैन् । अस्पताल नलैजाँदा ज्यान जाने खतरामा छ ।

यस्तो अवस्था भएपछि गाउँका दाजु,भाईलाई खबर गरियो,उहाँहरु आउनुु भो स्टेचरमा बोकेर अस्पताल लानुभयो । सुत्केरी ब्यथाले बेस्सरी च्यापेकी विकको ज्यान बचाउन सफल भएको आफन्तले बताएका छन् । अहिले सुत्करी विक र बच्चाको अवस्था राम्रै रहेको पनि बताउनु भयो । एक ब्याक्तिले  नाम नखुलाउने सर्तमा यदि समेत बताएका छनकी । साफेबगर नगरपालिका दशैंको लागि नमुना नगरपालिका भएता पनि राम्रो लागि केहि होइन् । हामीले कसरी नमुना नगर मान्ने, गाउँमा सडक व्यवस्थित नहुँदा सुत्करी महिलाई बोकेर अस्पताल पु¥यौनु परेको छ ।

 यसलाई कसरी हामीले नमुना मान्ने सडक मात्र भएर हुदैन् । सकड भएपछि,सुचारु हुनु प¥यो । गाउँका जनताले सेवा पाउँनु प¥यो । सुत्केरी बिरामीलिाई बोकेर अस्पताल पु¥याउने कामको अन्त्य हुनु प¥यो । त्यो पो जनताको लागि काम लाग्यो । सडक मात्र भएर त काम लागेन् नी संचालन नभएपछि भन्दै आक्रोशित भएका थिए ।

देशकै नमुना नगरपालिकाको रुपमा रहेका वडाको अवस्था त यस्तो छ । अरु दुर्गम स्थानीय तहको अवस्था के होला । यो त एक उदारण मात्र हो ।
यस्ता घर्टना जिल्ला भर प्रसस्त छन् । जिल्लाका कति प्राय महिला दिदि बहिनीले सुत्केरी ब्यथा लागेपछि अस्पताल नपुगि मृत्यु हुने गरेको छ । त्यो मृत्यु हुनुको मुख्य कारण हो । सबै ठाउँमा सडक संजाल नहुनु,भएका सडक पनि संचालन हुनु मुख्य कारण हो ।

यस तर्फ समयमै सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ । चुनावको बेलामा स्थानीय, प्रदेश हुदै केन्द्र सम्मका नेताहरुका एजेण्डा थिए ।
अब सबैले सुत्केरी ब्यथाबाट छट्पटाउनु पर्दैन् । कुनै बिरामीले उपचार नपाएर ज्यान गुमानु पर्दैन् । कसैले भोक भोकै बस्नु पर्दैन्, या अरुअरु रहर लाग्दा थिए । चुवानी एजेण्डा । तर जनतालाई भएको छ । बार छोरा,अठार नाती, बुढाको दमलो बुढाई माथी यहि हो, जनताको काहानी ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV