२२ आश्विन २०७५, सोमबार

मकवनपूर, २२ असोज । प्रदेश नम्बर ३ को स्थायी राजधानीका लागि पाँच जिल्ला सिफारिस गरिएको छ । प्रदेशसभाले गठन गरेको स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्लाको नामसहित प्रतिवेदन पेश गरेको छ ।

आज प्रदेशसभामा पेश भएको प्रतिवेदनमा काभ्रे, नुवाकोट, भक्तपुर, चितवन र मकवानपुरको नाम उल्लेख छ । गत असार २६ गते विशेष समितिले सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन आजको बैठकमा मात्र पेश गरिएको हो । दशैं पछि बोलाइएको प्रदेशसभा बैठकले प्रतिवेदनमा छलफल गर्नेछ ।

संविधानमा दुई तिहाई प्रदेशसभा सदस्यले स्थायी राजधानी र नाम टुङ्गो लगाउनसक्ने व्यवस्था रहेको छ । तीन नम्बर प्रदेशसभामा एकसय नौ जना प्रदेशसभा सदस्य रहेका छन् । सत्तारुढ दलका प्रदेशसभा सदस्यहरु नै राजधानीबारे एकमत देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV