२२ आश्विन २०७५, सोमबार

काठमाडौं । गायनमा स्थापित हुने सोचका साथ संगीतमा क्षेत्रमा होमिए पनि सितार बादनमा आफुलाई स्थापित गर्न सफल भएकी संगीतकर्मी हुन् सितामैया राजचल । उनी उठेर सितार बजाउने नेपालको पहिलो महिला पनि हुन् । राजधानीमा उनै सितामैयाका एकल साँझ तथा धुन भिडियो विमोचन समारोह समेत सम्पन्न भएको छ ।

बिसं २०५४ बाट गीत रेकडिङ स्टुडियोमा सितार बजाउन थालेकी सिताले केही गीतमा आफ्नो स्वर पनि भरेकी छिन् । तर, उनि सितार बादनलाई नै निरन्तरता दिन चाहन्छिन । सिताका धुनहरुकै तीन एल्बम सन् २००४ मा परम्परा, सन् २०१२ मा टकिङ स्ट्रिङस, र ‘जर्नी अफ फ्रेट्स’ नामक धुन संग्रहित एल्बम ल्याइसकेकी थिईन् ।

संगीतमा मास्टर्स गरिसकेकी सिता मैया राजचल संगीतको प्रशिक्षक पनि हुन् । ललितकला क्याम्पसमा ६ वर्ष भन्दा बढी समय देखि अध्यापन गराउदै आएकी उनी पछिल्लो समय मानिसहरुलाई ‘संगीत थेरापी’ समेत गराउदै आएकी छिन् । संगीत केवल मनोरञ्जनको साधन मात्र नभएर यसको माध्यमबाट विभिन्न रोगको उपचार समेत गर्न सकिने राजचल बताउछिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV