२२ आश्विन २०७५, सोमबार

काठमाडौ । चलचित्र ‘बादशाह जुट’ पौष १३ गतेबाट प्रदर्शनमा आउदैछ । यसै चलचित्रको पहिलो गीत ’काफल पाक्यो’ राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गदै सार्वजनिक गरिएको छ ।

गीतमा अभिनेत्री प्रियंका कार्कीसँग अभिनेताद्वय सुशील श्रेष्ठ र आमिर गौतम फिचर्ड भएका छन् । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । डिपी खनालको शब्द र कृष्ण भारध्वजको संगीत समाबेश रहेको छ । गीतको भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् भने उत्तम हुमागाइँले खिचेका छन् ।

गीतमा देखाइएको काफल अफ सिजनका कारण मुम्बईबाट बनाएर नेपाल ल्याउँदा करिव एक लाख खर्च भएको निर्देशक जोनी सिंह राणाले बताए । चलचित्रमा सुशील श्रेष्ठ , आमिर गौतम,रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलकारहरुको अभिनय रहेको छ । प्रियंका कार्की भने गीतमा मात्र विशेष भुमिकामा देखिएकी छिन् ।

चलचित्र एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको छ । चलचित्रमा भोजराज श्रेष्ठको लगानी, राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV