२२ आश्विन २०७५, सोमबार
  • सरिना मिरासिनी

काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले मनपरि गर्न खोजे ठेगान लगाउने चेतावनी दिनुभएको छ ।

जे काममा जहाँ पनि सरकारले मनपरि गर्न खोजोको भन्दै उहाँले सेना,शक्ति उसैको भएपनि निगरानी र खबरदारी गर्ने काम भने समितिको भएको प्रष्ट पार्नुभयो । सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा सभापति शाहले समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न पाउने अधिकार संविधानमा नै उल्लेख भएको उल्लेख गर्दै त्यहि बाटो अघि बढनें र अलिकति पनि दायाँबायाँ नहुने दृढता व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा अहिले ५ खर्बको बेरुजु भएकोले यसलाई मसिनो गरि अध्ययन गर्न समिति क्रियाशील रहेको पनि बताउनुभयो । लेखा समितिकै निर्देशनका कारण एनसेलले ६५ अर्ब लाभकर रकम तिर्न बाध्य भएको स्मरण गर्दै उहाँले २३ अर्ब रुपैंया एनसेलले तिरेको र अरु बांकी रकम पनि तिर्न आग्रह गर्नुभयो ।

सरकारका गतिबिधि निगरानी गरिरहेको भन्दै ठूल आयोजनामा भ्रष्टाचार हुने संभाबना रहेको र हल्लाहरु आइरहेका प्रति आफुहरु सचेत रहेको प्रष्ट पार्नुभयो । संसदले बनाएका ऐन कानुन अनुसार सरकार अघि नबढे सरकार आफै फेल भएर जाने उहाँको भनाइ छ ।

सरकारले खरिद गरेको वाइडबडी बिमानको मुल्य नै बढी भएको सार्वजनिक खरिद ऐनको बिरुद्धमा रहेको भन्दै उहाँले प्रतिबेदनमाथि छलफल गरिरहेको जानकारी दिनुभयो ।

लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैया कायम राख्न सरकारलाई निर्देशन दिएको भन्दै सभापति शाहले चिनी उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटमा खुद्रा मूल्य ६३ रुपैयासम्म पर्ने बताएकाले यहि मूल्यलाई आधार मान्दै समितिले पनि ६३ रुपैयाँ तोक्न निर्देशन दिएको पनि प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV