२२ आश्विन २०७५, सोमबार

काठमाडौं, २२ असोज । मुक्तिनाथ विकास बैंक लि. र होटेल शम्बला महाराजगञ्ज काठमाडौंबीच सम्झौता भएको छ ।

उक्त सम्झौताबमोजिम बैंकका भिजा डेबिट कार्ड भएका सबै ग्राहकहरुले उक्त होटेल शम्बलाबाट विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख वसन्त बक्सी र होटेल शम्बलाकोे तर्फबाट बजारीकरण विभागका निर्देशक रबिन मानन्धरले हस्ताक्षर गरेका हुन् ।

यो सुविधा लिन यस विकास बैंकको भिजा डेबिट कार्ड देखाए मात्र पनि सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV