२२ आश्विन २०७५, सोमबार
  • तारा आचार्य,

विराटनगर, २२ असोज । एक नम्बर प्रदेशका सांसदहरुलाई लोगो वितरण गरिएको छ । सोमवार विराटनगर स्थित प्रदेश सभा सचिवालयमा आयोजित एक कार्यक्रम बीच प्रदेश सभामुख प्रदीप भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाईदिएर लोगोको शुभारम्भ गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको अन्य प्रदेश भन्दा भिन्दै बनाउन खोजिएकोले केही ढिलो भएको जानकारी दिनुभयो । प्रदेश सभा गठन भएको निकै दिन भएपनि लोगो अभावमा सांसदहरुको परिचयमा कठिनाई उत्पन्न हुने गरेको थियो ।

उनीहरुलाई प्रदेश सभा सचिवालयले परिचय पत्र जारी गरेको थियो । एक नम्बर प्रदेश सभामा ९३ जना सांसदहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV