२२ आश्विन २०७५, सोमबार

काठमाडौं । राष्ट्र बैकका नोट व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले नयाँ नोटमा केरमेट गर्ने र च्यात्नेलाई कारवाही हुने बताएका छन् । न्युज २४ टेलिभिजनको नियिमति प्रस्तुती ‘छ प्रश्न’मा कुराकानीको गर्ने क्रममा नोटमा केरमेट गर्ने र च्यात्नेलाई कारवाही हुने बताएका हुन् ।

यस कार्यक्रमा दशैंको अवसरमा नयाँ नोटको प्रयोग कसरी गर्ने तथा राष्ट्र बैंकले कुन कुन बैंकबाट नयाँ नोटको सटही गरिरहेको छ, भन्ने विषयमा कुराकानी गरिएको छ । यसका साथै नयाँ नोटको सुरक्षाको बारेमा पनि कुराकानी गरिएको छ ।

विभागका प्रमुख निरौलाका अनुसार सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर काम भइसकेको छ । त्यसोत राष्ट्र बैंकका कर्मचारीहरु पहिले भन्दा बढी खटिरहेका प्रमुख निरौलाले बताएका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस्ः 

प्रतिक्रिया दिनुहोस्

LIVE TV