२२ आश्विन २०७५, सोमबार

सिन्धुली । त्रिभुवन विश्व विद्यालयको लापरबाहीले सिन्धुलीका ६९ जना विद्यार्थीले दोहो¥याएर परिक्षा दिर्नुपर्ने भएको ६ । विद्यार्थीले नेपालको कर प्रणाली विषयको नतिजा नआईकन फेरी परिक्षा दिनुपर्ने भएको छ ।

सिन्धुली बहुमुखी क्याम्पसबाट २०७४ सालमा बिबिएस तेस्रो वर्षको परिक्षा दिनुपर्ने भएपछि सामाजिक संजाल, फेसबुक लगायत अरु संजालबाट त्रिभुवन विश्व विद्यालयको चर्को विरोध गरिरहेका छन् ।

त्रिभुवन विश्व विद्यालयले पनि उक्त विषयको परिक्षा दिनु बाहेक कुनै पनि बिकल्प नभएका विद्यार्थीले बताउँछन । उत्तर पुस्तिका हराएको वा नष्ट भएको भन्ने बारे विश्व विद्यालयले केहि नभनेको विद्यार्थीको भनाई छ ।

त्रिविले विद्यार्थीको भविष्य माथी खेलवाड गरेको स्थानीय युवाहरु पनि आकोशित छन् । सिन्धुली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दुर्गा अधिकारीले यस समस्या लिएर आफु त्रिविमा गएको र आएपछि सत्य तथ्य जानकारी दिने प्रतिक्तिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV