२२ आश्विन २०७५, सोमबार
  • अमर काफ्ले

इनरुवा । सुनसरीको इनरुवामा जारी रात्रिकालीन टी-२० क्रिकेटको पछिल्लो खेलमा विराटनगर विजयी भएको छ ।
अाइतबार राति सम्पन्न खेलमा विराटनगरसँग काठमाडाैँ ३० रनले पराजित भएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा १ सय ६६ रन बनाएको थियो । कप्तान अजय राजवंशीको ६२ र श्रवण यादवको ३२ रन मद्दतमा विराटनगर १ सय ६६ रन जोडेको थियो ।

१ सय ६७ रनको विजयी लक्षसाथ मैदान ओर्लिएको काठमाडाैँ १ सय ३६ रनमा समेटिएको थियो । विराटनगरको कसिलो बलिङका सामु सुरुवाती अवस्थाबाटै धरमराएको काठमाडाैँ क्रिकेट टिम अन्तिम ओभरमा अलआउट हुन पुगेको थियो ।

म्यान अफ दि म्याच बिराटनगरका श्रवण यादव एक्लैले काठमाडाैँको ४ बिकेट झारेका थिए । प्रतियोगिता अन्तर्गत आज राति बेलबारी र काकडभिट्टाबीच प्रतिष्पर्धा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV