२२ आश्विन २०७५, सोमबार

नयाँदिल्ली । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।

नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ । मुम्बईमा पेट्रोलको मूल्य भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको छ ।

सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भा.रु. २.५० ले कटौती गर्ने घोषणा गरेका थिए। उनले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश दिएका छन् ।

अन्तराष्ट्रि बजारमा इन्धनको मूल्या बृद्धि हुने नेपालमा स्वत: प्रभाव पर्छ । पटक पटक मूल्यवृद्धि भएर हाल  नेपाली बजारमा पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १/१ सय रुपैयाँ पुगेको छ ।

LIVE TV