२२ आश्विन २०७५, सोमबार

वि.सं. २०७५ साल असोज २२ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर ८ तारिख। शकसंवत् १९४०। विरोधकृत संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८। आश्विन कृष्ण पक्ष। तिथि– चतुर्दशी, १०:५० बजेउप्रान्त औंसी। नक्षत्र– उत्तरफाल्गुनी, १४:०० बजेउप्रान्त हस्त। योग– ब्रह्म, १८:५४ बजेउप्रान्त ऐन्द्र। करण– शकुनि, १०:५० बजेदेखि चतुष्पद, २१:५९ बजेउप्रान्त नाग। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:०० बजे, सूर्यास्त– १७:४१ बजे र दिनमान २९ घडी ११ पला। दर्श-श्राद्ध। औंसी श्राद्ध। पितृ विसर्जन, सोह्रश्राद्ध समाप्ति। निशि बार्ने औंसी। श्रीप्राणनाथ जन्मोत्सव।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पन्थीमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : अन्य क्षेत्रमा व्यस्त हुँदा पढाई लेखाइमा तपाईँको नाम अरूभन्दा पछि आउनेछ । प्रेममा अविश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरीले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पत्ति तथा विलासी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहँदा नचाहँदै छुट्टिनु पर्ने बाध्यता आउनेछ । व्यवसायमा लगानी गरेपनि प्रतिफल प्राप्त गर्न केही समय कुर्नु पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : तपाईँले शुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित विषयहरू तपाईँ आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : व्यवसायमा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिनानै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पन्थीमा आउन सकिनेछ । मेहनत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरू नहुने प्रशस्त सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाई लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहे पनि लामो दुरीको यात्रा हुने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

वृश्चिक(तो,ना,नि,नू,ने,नो,या,यी,यु) : आर्थिक दृष्टिले दिन उत्तम रहेको छ भने अधुरा योजनाहरू परा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पुर्ख्यौली सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाई लेखाई उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगार सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछैन भने विद्या तथा प्रतिस्पर्धामा तपाइकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रसन्न रहनेछ

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : सानो प्रयत्नले हुने काम पनि दिन भारु लगाएर गर्नुपर्दा समय त्यतिकै व्यातित हुनेछ । बन्द व्यापारमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्या आउने योग रहेको छ । पढाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । साथीभाइ तथा छिमेकमा असमझदारी बढ्नेछ । धार्मिक क्षत्रतिरको यात्रामा मन जानेछ । माया प्रेममा अविश्वास बढ्ने तथा जीवन साथी सँग मनमुटाब बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : पढाई लेखाइकै सवालमा देश विदेशको यात्रा तय हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । मध्यान्हबाट कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुनेछ । बैक तथा वित्तीय संस्थामा गरिएको लगानी बाट भने थोरै भए पनि आम्दानी हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या हुँनसक्छ ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : तार्किक क्षमताबाट वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले

LIVE TV