२१ आश्विन २०७५, आईतवार
  • दीपक उपाध्याय

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने विश्वास लिएकोछ ।

चालू आर्थिक वर्षको २ महिनामा प्रदेश सरकारले ९ करोड ७७ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आफैंले एक अर्ब २९ करोड ६५ लाख ८२ हजार राजश्व संकलनको लक्ष्य बोकेको प्रदेश सरकारको दुई महिनाको अवधिमा ७ दशमलव ५४ प्रतिशत राजस्व संकलन भएको छ । राजस्व संकलनको यो तथ्यांकले एक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन हुने सरकारी भनाई छ ।

लक्ष्य भन्दा बढी २ महिनाको अवधिमा भएको उपलब्धी अनुसार एक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सक्ने अवस्था रहेको आन्तरिक मामिला तथा योजनामन्त्री झपट बोहराले बताउनुभयो । आइतवार मन्त्रालय द्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घीय सरकारसंग समन्वय गरेर हामीले लक्ष्य भन्दा बढी राजस्व उठाउने बताउनु भयो ।

प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशन करबाट सबैभन्दा बढी ३९ करोड ९३ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । सवारी साधनबाट २ महिनाको अवधिमा ४ करोड २५ लाख रुपैया राजस्व सङ्कलन भएको छ । यस्तै, दण्ड, जरिवाना, न्याय, जफतबाट चालू आर्थिक वर्षको हालसम्म ४७ लाख ७६ हजार रुपैया राजस्व प्रदेश सरकारले उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV