२१ आश्विन २०७५, आईतवार
  •  रिया भण्डारी

काठमाडौं  । पशु स्वास्थ्य विभागले दशैंमा खपत हुने खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । स्वास्थ्य परीक्षण गरिएका चौपायाको सिंगमा रातो र हरियो रंग लगाइन्छ । खान योग्य नरहेका चौपायालाई बजारमा प्रवेश गर्न नदिने तयारी पनि रहेको छ ।

नजिकिदो चाडपर्वलाई स्वस्थ बनाउन सरकारले चौपायाको परीक्षण गर्न थालेको छ । दशैंमा मासुको कारोबार धेरै हुने भएकाले खसीबोका लगायतका चौपायाको स्वास्थ्यमा खासै कसैको ध्यान पुगेको हुँदैन । रोगी खसीबोका, राँगा, च्याङ्ग्रा जस्ता चौपाया नभित्र्याउन पहल थालिएको छ ।

२४ सै घण्टा पशु चिकित्सकको टोली नागढुंगा, खसीबजार, कोटेश्वर, बागबजार, बल्खु, विजुलीबजार लगायतका स्थानमा खटिने भएका छन् । अहिले काठमाडौं प्रवेश गर्ने नाकामा टोलीले चेकजाँच सुरु गरेको विभागले जनाएको छ । विभागले बिगतका बर्षमा जस्तै स्वास्थ्य खसीबोकामा हरियो र केही अस्वस्थ्यमा रातो रंग लगाउने छ । धेरै विरामी खसीबोका सहित चौपायालाई बजारमा प्रवेश गराउन नदिने तयारी छ ।

कडा खालको ज्वरो, पीपीआर, रेबिज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसीबोकाको मासु मानव स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ । यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु खाँदा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने सम्भावना रहन्छ । अध्ययनअनुसार मानिसमा लाग्ने सरुवा रोगमध्ये ७० प्रतिशत पशुबाट सर्छ । स्वस्थ्य पशु ढुवानीमा हुने मावनीय क्रियाकलापले पनि चौपायामा रोग लाग्न सक्नेतर्फ समेत सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ ।

(भिडियोसहित)

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV