२१ आश्विन २०७५, आईतवार

हरिशजङ्ग क्षेत्री

काठमाडौं ।  कंचनपुरको पुरानो ऐतिहासिक सदरमुकाम बेलौरीको खुला मंचमा कार्तिक ८ देखि प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक ब्यापार मेला लाग्ने भएको छ ।

बेलौरी उद्योग बाणिज्य संघले आइतबार राजधानीमा पत्रकारको आयोजना गर्दै प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक ब्यापार मेलाका बारेमा जानकारी गराएको हो । नयाँ मुलुकको कर्णाली पश्चिमको कैलाली र कंचनपुर जिल्ला नछुटिदा देखी ऐतिहासिक सदरमुकामका रूपमा रहेको बेलौरीलाई एउटा गरिमामय ठाउँका रूपमा लिईन्छ । नेपालका किसान नेता भिमदत्त पन्तलाई बेलौरीको कालापानी जेलघरमा राखेको ऐतिहासिक ठाउँमा पहिलोपटक पर्यटन महोत्सव आयोजना गरि यस क्षेत्रको पहिचानलाई चिनाउन बेलौरी उद्योग बाणिज्य संघ लागिपरेको हो ।

“कृषि पर्यटन र ब्यापारमा विकास समृद्ध बेलौरीको आधार” भन्ने मुल नाराका साथ हुन लागेको महोत्सवले बेलौरी नगरपालिका भित्र बस्ने विभिन्न जातजातिको भाषा, धर्म, संस्कृत एवं यस क्षेत्रका धार्मिक मठ मन्दिर, जैविक विविधता, गित संगीत, पर्यटकीय क्षेत्र, उद्योग, घरेलु उत्पादनको प्रबर्द्धन गर्ने र नेपालको दुई जिल्ला कैलाली र कंचनपुरमा मात्रै बसोबास गर्दै आएका राना थारूको विशेष प्रस्तुति रहने आयोजकले बताइएको छन ।

यसैगरी बेलौरीबाट नजिकै रहेको छोटी भन्सारको स्तरोन्नति र बेलौरी खजुरीया नाका स्थापना गराउने बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मिनारायण चौधरीले जानकारी गराउनु भयो । बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक ब्यापार मेलाबाट आम्दानी भएको केही प्रतिशत रकम छुट्याएर बेलौरी नगरपालिकामा सर्पदंश उपचार केन्द्रको स्थापना गरिने महोत्सवका प्रचारप्रसार समितिका संयोजक यज्ञ प्रसाद कडेलले बताउनु भएको छ ।

११ दिन सम्म चल्ने पर्यटन महोत्सवमा एक सय स्टलमा बेलौरी क्षेत्रका घरेलु उत्पादनहरुले प्राथमिकता पाउने छन । साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुले उत्कृष्ट गित संगीत प्रस्तुत गरि महोत्सवका दर्शकहरुलाई मनोरञ्जन दिनेछन् । महोत्सवलाई १ लाख भन्दा बढी मान्छेहरूले अवलोकन आयोजको बिश्वास रहेको छ् । हालसम्म प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक ब्यापार मेलाको ७० प्रतिशत कार्य सम्पन्न भैसकेको छ । महोत्सव आयोजना गर्न तीस लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV