२१ आश्विन २०७५, आईतवार

काठमाडौ । चलचित्र ‘दि कर्मा’ मंसिर ७ गतेबाट देशभर प्रदर्शनमा आउदैछ । यसै चलचित्रको पहिलो गीत ‘जवानीको बजार लाग्या छ’ सामाजिक सञ्जाल यूवटुवबाट सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानासँगै नायक करण वर्माले ठुम्का लगाएका छन् । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा र भने बुद्दि तामाङ्ग पनि देखिएका छन् । गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । यस गीतको कोरियोग्राफर भने रामजी लामिछाने हुन् ।

चलचित्रको गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ । जय राज रायको निर्माणमा बनेको यस चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना र कथा बोल्छ । फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ भने जय मिडिया म्यानेजमेन्ट प्रा।लि।को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् ।

(भिडियोसहित)

https://www.youtube.com/watch?v=Df75Pjs1_2c

प्रतिक्रिया दिनुहोस्

LIVE TV