२१ आश्विन २०७५, आईतवार

काठमाडौ । चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा यूवाहरुको कमेडी र पैसा नहुँदाको व्यथालाई प्रस्तुत गरिएको छ । कात्तिक १६ गतेबाट रिलिजमा आउन लागेको चलचित्रको कथामा कमेडी यूवाहरुको कथा र व्यथालाई उठान गरेको छ ।

चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् भने माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको छ ।
चलचित्रमा आयुष्मान देशरराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, शिशिर वाङ्देल, माओत्से गुरुङ, सरिता गिरी, पुष्कर गुरुङको मुख्य भूमिका छ । निश्चल बस्नेत, वेनिशा हमाल र ऋचा शर्माको पनि चलचित्रमा विशेष भूमिका छ ।

चलचित्रमा प्रदिप भारद्धाजको लेखन, सूर्य थोकरको एक्सन, प्रविण सिंहको कोरियोग्राफी, निरज कँडेलको छायांकन, अर्जुन पोखरेलको संगीत, दिर्घ खड्का रहेको छ । कार्यक्रममा बोल्दै निर्माता माधव वाग्लेले यो चलचित्र निकै राम्रो बनेको र हिट हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV