२१ आश्विन २०७५, आईतवार

रौतहट । देश टुक्र्याउने अभिव्यक्ति दिने सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख बुझेर बाहिरिदै गर्दा उनलाई रौतहट प्रहरीले पक्राउ गरेको हो । राउतलाई फौजदारी अपराध संहिताको दफा ४९ बमोजिम मुद्दा दायर गर्ने भएको छ ।

दफा ४९ ले सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामाथि खलल गरे कसुर ठहरिने व्यवस्था गरेको छ । राउत लगायत अन्य दुई जनालाई पनि प्रहरी पक्राउ गरेकोछ । आवश्यक प्रमाण जुटाएर मुद्दा दायर गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

संविधान दिवसका दिन राउतले प्रदेश दुईको राजधानी जनकपुरमा मुलुक टुक्र्याउने अभिव्यक्ति दिएका थिए । विखण्डनको अभिव्यक्ति दिने राउतलाई पक्राउ गर्न नसकेको भन्दै संसदमा सरकारको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV