२१ आश्विन २०७५, आईतवार

काठमाठौ । कार्तिक ३० गतेबाट प्रदर्शनमा आउँने चलचित्र दैलोको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आर्थिक समानताको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा सुरेश उप्रेती, मुना प्रसाईं, दिक्षा आचार्य, प्रदीप अधिकारी, दुर्गा साउद, विकास चापागाईं, दीपक डोटेल, सपना श्रेष्ठ, अनु ढुंगाना लगायतको अभिनय रहेको छ ।

जमुना देबी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन सुरेश उप्रेतीले गरेका छन् । चलचित्रमा नीलम उप्रेती, अर्जुन उप्रेती र यसोधा उप्रेतीको लगानी , बिमल कुमार भट्टराईको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

LIVE TV