२१ आश्विन २०७५, आईतवार
  • यामराज कटुवाल

दैलेख  । दैलेख बजारको टुँडिखेल चौरमा लघु घरेलु, कृषि उद्यम प्रदर्शनी तथा हाटबजार मेला शुरु भएको छ । अल्लोको कपडा, छालाको जुत्ता, प्रशोधन गरिएको सिस्नो लगायतका लघु उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरण गर्ने उदेश्यले आयोजना गरिएको मेला कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेसंगै मेला शुक्रबारदेखि शुरु भएकोे हो ।

बेरोजगार समस्या समाधानका लागि लगनशिलता,गरिबी न्यूनीकरणका लागि उद्यमशिलता’ भन्ने नाराका साथ सुरु भएको मेलाको उद्घाटन गर्दै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढाले दैलेख अद्भूत सम्पदाले भरिपूर्ण जिल्ला भएकोले यहाँको शक्तिपिठ, ऐतिहासिक, पुरातात्विक सम्पदाहरुको उजागार गरि बिकासको ढोका खोल्नु पर्ने बताउनु भयो । मन्त्री बुढाले सिञ्जा साम्राज्य र वाईसे राज्यको वेला दुल्लु राज्यको रुपमा रहेको यो क्षेत्रको ऐतिहासिक महत्वलाई संरक्षण र प्रचार प्रसार गरी पर्यटन विकासमा टेवा पु¥याउनु पर्ने पनि बताउनुभयो ।

दुल्लु क्षेत्रमा रहेका एक हजार ३८ वर्ष पुरानो साउपाल अढाई शाक्यद्धारा निर्माण गरिएको नेपाली भाषाको पहिलो शिलालेख, ऐतिहासिक कोतगढी, सदियौंदेखि पानीमाथि निरन्तर प्रज्वलित ज्वाला र पुरातात्विक ढुंगेधारा संरक्षणको अभावमा जिर्ण बन्दा यस्को ऐतिहासिक पक्ष गुम्दै गएको बताउनु भयो ।

प्रदेश समृद्धिको मुख्य आधारको रुपमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्का लागि प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकार अर्थ समितिका अध्यक्ष प्रदेश सांसद अम्मर बहादुर थापाले बताउनु भयो । दैलेख धार्मिक, सांस्कृतिक, पुरातात्विक एंव पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको भएपनि यसको उत्खनन् गर्न तर्फ प्रदेश सरकारले ध्यान दिने थापाको भनाई थियो ।

५ दिन सम्म सञ्चालन हुने मेला नारायण नगरपालिका र जिल्ला लद्यु उद्यमी समुह संघ दैलेखले सयुक्त रुपमा आयोजना गरेका हुन् । राज्य पुर्नसंरचना पछि दैलेखमा आयोजित यो पहिलो मेला हो । मेलामा जिल्लाका ११ वटै स्थानीय तहका कृषक, उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको खरिद बिक्रीका लागि राखिएको र दशंै एवं तिहारको अवसरमा उपभोक्ताहरुलाई सुलभ दरमा उपलब्ध गराउनुका साथै जिल्लामा उत्पादित सामानलाई अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने भएकोले जिल्लाबासीहरुमा मेलाले उत्साह थपिएको लघु उद्यमी समूह संघका अध्यक्ष कविराज खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV