२१ आश्विन २०७५, आईतवार

काठमाडौ । गायिका सृजना खत्री र गायक मिस्टर आर्जेको स्वरमा रहेको “नौटंकी माया” गितको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय चर्चामा रहेकी गायिका खत्रीले हालसम्म एक दर्जन भन्दा धेरैं गीतहरु बजारमा ल्याएकी छन् ।

भर्खरै सार्वजनिक भएको नौटंकी माया बोलको गितमा खत्री आँफैँले शब्द तथा संगीत गरेकी छन्। यो गितमा उनलाई मिस्टर आर्जेले गायनमा साथ दिएका छन् । सिन्धुपालचोकबाट गायन क्षेत्र सुरुवात गरेकी खत्रीले प्रायः आफ्ना गीतमा आफैं शब्द लेख्ने र संगीत कम्पोज गर्ने तथा म्युजिक भिडियोमा पनि आफैं मोडलिङ गर्दै आएकी छन् । यसभन्दा अगाडी उनले निकालेका गितमा हाउडे माया, शिरमा सिन्दुर, लाहुरे मायामाले निकै चर्चा कमाएको थियो । तर यो गितको भिडियोमा भने नायिका आँचल शर्मा र एसराज गरजको मुख्य भुमिका रहेको छ ।

भिडियोसहित

प्रतिक्रिया दिनुहोस्

LIVE TV