२१ आश्विन २०७५, आईतवार

कृष्ण थपलिया

सर्लाही । सर्लाहीका,कृषकले अझै सम्म पनि उखुको भुक्तानी पाउँन सकेका छैनन् । आफ्नो वर्षे बाली बुझाएको अर्को एकवर्ष बितिसक्दा समेत उखु किसानले भुक्तानी पाउन नसकेपछि ,सर्लाहीका किसानले भुक्तानीको लागि आन्दोलनको बाटो रोज्न बाध्य भएको बताएका छन ।

  किसानले पाउनु पर्ने रकम भुक्तानीमा सरकार नै बाधक देखिएको भन्दै , सरकारले तत्काल भुक्तानीको बातावरण नबनाए आन्दोलनमा उत्रने किसान अगुवाहरुले चेतावनी दिएका छन् । मुख्य चाडबाडको मुखमा उखुको पैंसा नपाउँदा किसानलाई कसरी पर्व मनाउने भन्ने चिन्ता रहेको नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उपे्रतीले बताउनुभयो ।

आईतवार सर्लाहीको हरिवनमा पत्रकार सम्मेलनगरि किसान अगुवाहरुले पछिल्लो समय उद्योगीले धेरथोर भुक्तानी गर्न थालेपनि सरकारले चिनीको मूल्यमा सिर्जना गरेको अन्यौलताले थप समस्या निम्तिएको बताएका छन । एक महिना अघि भदौ २२ गते बालुवाटारमा भएको छलफलमा उपस्थित भएका चिनी उद्योगीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले १५ दिनभित्र किसानलाई उखुको भुक्तानी दिन निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीले निर्देशन दिएको एक महिना बित्दा समेत चिनी उद्योगीले उखुको भुक्तानी नदिएको किसान अगुवाको गुनासो रहेको छ । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार प्रधानमन्त्री, अर्थ, कृषि र उद्योगमन्त्री, चिनी उद्योगी र उखु किसानका प्रतिनिधिको उपस्थितिमा भएको छलफलमा राज्यबाट दिइने ६५ रुपैँया २५ पैंसा अनुदान र उद्योगले दिनुपर्ने ४ सय ७१ रुपैँया २८ पैंसा १५ दिन भित्र भुक्तानी गर्ने सहमति भएको भएपनि त्यसको कार्यान्वयन भएको छैन ।

भुक्तानीका लागि पटक–पटक ताकेता गर्दापनि उद्योगी र सरोकारवाला पक्षले सुनुवाई नगरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV