२१ आश्विन २०७५, आईतवार

तारा आचार्य

विराटनगर २१ असोज । नेपाल विद्युत प्राधिकरण अन्तर्गत गोटा गन्तिमा काम गर्दै आएका मिटररिडर मजदूरहरुले ज्यालादारी कायम गर्नुपर्र्ने माग राख्दै विराटनगर स्थित क्षेत्रीय विद्युत प्राधिकरणको कार्यालय रानीमा धर्ना दिदै आएका छन् ।

प्राधिकरणले मिटर रिडरहरु मध्ये केहीलाई ज्यालादारीमा राखेको र कसैलाई भने गोटा गन्तिमा राखेको भन्दै मजदूरहरु आन्दोलित भएका हुन । गोटा गन्तिका मिटररिडरले एउटा मिटर जाँच गरेवापत तीन रुपैयाँ ५० पैसा पाउने गरेका छन् । उनिहरुले ज्यालामा काम गर्नेहरुकै सरह सेवा सुविधा पाउनु पर्ने र दुर्घटना भएवापत उपचार खर्च पाउनु पर्ने , प्राधिकरणबाट निर्माणाधीन आयोजनाहरुमा शेयर खरिद गर्न पाउनु पर्ने माग राखेका छन् ।

प्राधिकरणले तराई क्षेत्रमा कामगर्ने गोटा गन्तिका मजदुरहरुलाई ज्यालादारीमा कायम नगरेको र प्राधिकरणको सेवा सुविधाबाट बञ्चित गरेको उनिहरुको आरोप छ । उनिहरुले लामो समयदेखिनै मिटररिडरको काम गर्दै आएको भए पनि कुनै सेवा नपाएको गुनासो गरेका छन् । एक सुत्रीय माग पूरा गर भन्दै उनीहरुले असोज १६ गते देखि धर्ना बस्दै आएका हुन । धर्नामा झापा, मोरङ ,सुनसरी र इलामका मिटररिडर कामदरहरुकोे उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV