२१ आश्विन २०७५, आईतवार
  • एलिना घिसिङ

काठमाडौँ । केही समय अगाडि पारिवारिक सम्बन्धको विषयले सामाजिक सञ्जालमा निकै भाइरल बनेकी गायिका तथा मोडल रविना बादी यतिखेर भने कलाकारिता क्षेत्रमा निकै व्यस्त देखिन थालेकी छिन् ।

बादी एक समय सहाराविहीन बनेकी थिइन् । बेसहारा बनेकी उनलाई मानव आश्रम सेवाले बासस्थान दिएको थियो । त्यसैले उनी आफ्नो नामको पछाडि मानव सेवा जोड्न थालेकी छिन् । अहिले भने बादी कोठा लिएर बसेकी छिन् । कामको कारण आश्रमको नियमलाई पालन गर्न नसकेको भन्दै मानब सेवामा नबसेको बादीको प्रष्टोक्ति छ ।

पटक पटक आफ्नो श्रीमान श्यामलाल ओलीलाई सम्पर्कमा ल्याउन बादीले हरेक प्रयास गरेकी थिइन् । धेरै प्रयास  पछि पनि उनको श्रीमान ओली र उनीबीच सम्बन्ध असमान्य नै छ । उनीहरुको भेटघाटपछि सत्यता भने बाहिरिएको छ । रहस्य खुलेपछि पछिल्लो समय बादी नै विवादमा परेकी छिन् । बादीमाथि धेरै नकारात्मक प्रतिकृयाहरु समेत आउन थालेका छन् ।

रविना र श्याम अध्ययन गर्दा दुबैजनाको उत्तिकै गल्ती देखिन्छ । आफूले गरेको उक्त गल्तीलाई स्वीकार्दै रविनाले माफी समेत मागेकी छिन् । केहि समय अगाडि आफ्नो श्रीमानसंग पुःन सम्बन्ध जोड्न श्रीमानका घर पुगेकी बादीले गउँमा निकै सम्मान पाइन् । उक्त सम्मान जीवनमा कहिले पनि बिर्सन नसकिने याददार क्षण बनेको बादी बताउछिन । उनले सम्मान त पाइन् तर श्रीमानको मन भने जित्न सकिनन् ।

ओलीले मिडियासामु श्रीमती बादीसंग डिभोर्स गर्ने बताएका छन् । बादी भने आफ्नो श्रीमानलाई डिर्भोस नदिने पक्षमा रहेकी छन् । बादीले डिभोर्स नदिने भनेपछि उनको श्रीमानले पनि श्रीमतीले मन जित्न सके पुनः मिल्न सक्ने सम्भवना रहेको बताउछन् । ओलीका माता पिता भने आफ्नो छोरा बुहारीको सकारात्मक सम्बन्ध रहेको देख्ने चाहना रहेको बताउछन् ।

सासु ससुराले साथ दिने आशाको साथ रबिना आफ्नो प्रयासलाई निरन्तर दिइरहेकी छन् । बादीको माइत घर तर्फको सम्बन्ध भने बिग्रेको देखिन्छ । यही आशंकालाई पुष्टि गर्दै बादी भन्छिन् , “श्रीमान ओलीले साथ दिए म आफ्नो माइतीघर छोड्न तयार छु ।”एउटा बच्चा हुर्काउन श्रीमान र श्रीमती दुबैको उत्तिकै भूमिका रहन्छ । बादी सानो बालकलाई च्यापेर काममा ब्यस्त छिन् ।

बच्चालाई पनि आमा र बुवा दुवैको साथ उतिनै आवश्यकता छ । बच्चा कै लागि भए पनि बादी आफ्नो तर्फबाट श्रीमान ओलीलाई नजिक बनाउन लागिपरेकी हुन् ।
श्रीमान र उनीबीचको मायाँ फेरी पलाउने झिनो आशाको साथ बादी अघि बढीरहेकी छिन् । यदि श्रीमान ओलीले पनि बादीलाई साथ दिए उनीहरुले एक अर्काको साथ पाउन सफल हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV