२१ आश्विन २०७५, आईतवार
  • दीपक उपाध्याय

शनिबार राति सम्पन्न ‘मिस फारवेष्ट–२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङले जितेकी छन ।

शनिवार राति धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल राउण्डमा २६ जना प्रतिष्पर्धीलाई पछि पार्दै सरकारी जागिरे समेत रहेकी २३ वर्षीया गुरुङले उपाधि जितेकी हुन । उनी सव इञ्जिनियर पदमा सिंचाई डिभिजन कार्यालयमा कार्यरत छिन ।

मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त गरेकी गुरुङलाई पुर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराएकी थिईन । प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनरअप र दिव्या गैरे सेकेन्ड रनरअप भईन । फष्ट रनरअप ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड रनरअप गैरेले नगद २५ हजार हात पारिन ।

रोयल कोलाबरेशन प्रा.लि. नेपालले पहिलो पटक आयोजना गरेको ‘मिस फारवेष्ट –२०१८’ को निर्णायकहरुमा पूर्व मिस नेपाल सुगारिका केसी, गायक तथा गितकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV