२१ आश्विन २०७५, आईतवार

ओखलढुंगा। दशैँ नजिकिँदै गर्दा ओखलढुंगामा खसी बोकाको अभाव हुन थालको छ । व्यवसायिक फार्महरु सञ्चालनमा नहुँदा चाडपर्वको समयमा मासु अभाव हुने गरेको हो ।

ओखलढुंगाका विभिन्न स्थानमा लाग्ने स्थानीय हाटहरुमा समेत खसी बोकाको अभाव देखिएको छ । अघिल्ला वर्षहरुमा दशैँको एक महिना अगावै किनबेच र चहलपहल हुने यहाँका हाटहरुमा अहिले खसीबोकाभन्दा ग्राहक बढी देख्न पाइन्छ । माग अत्याधिक भएपछि यस वर्ष खसीबोकाको मूल्य पनि आकाशिएको ग्राहकहरुको भनाइ छ ।

गाउँघरबाट खसीबोका एकदमै कम आउन थालेपछि ओखलढुंगा सदरमुकामका व्यापारीहरु पनि मासु बेच्न छाडेको बताउँछन् । ओखलढुंगामा बढीमात्रामा पात्ले, श्रीचौर, केत्तुके, मानेभञ्ज्याङ, टोक्सेल, माम्खालगायतका स्थानमा किसानले खसीबोका पाल्ने गर्छन् ।

LIVE TV