२१ आश्विन २०७५, आईतवार

कॉक्रोच ब्रेड

यदि तपार्इले माथिकाे तस्विर हेर्नुभाे भने लाग्छ याे कुनै सामान्य ब्रेड हाे । तर याे कुनै साधारण ब्रेड हाेइन । याे कक्राेच(साङ्ला) बाट बनेकाे ब्रेड हाे ।

वास्तविकता भन्नुपर्दा याे ब्रेड बनाउन जुन पिठाेकाे प्रयाेग भएकाे छ त्यसमा सुकेकाे कक्राेचबाट बनेकाे पिठाे मिसाइएकाे छ । ब्राजील शाेधकर्ताकाे एक टिमले यस्ताे प्रकारकाे ब्रेड तयार पारेकाे हाे । याे टिमले भविष्यका लागि एनिमल प्रोटीन भएकाे पाैष्टिक खानाकाे खाेज गरिरहेकाे छ ।

संयुक्त राष्ट्रकाे अाँकडा अनुसार २०५० सम्ममा विश्वकाे जनसङ्ख्या ९.७ अरब हुने अनुमान गरीएकाे छ । शाेधकर्ता भन्छन्, यसकारण अब खानामा किरालार्इ पनि सामेल गर्नुपर्ने समय अाएकाे छ । किराहरू जताकतै पाइन्छ, प्राेटिनले भरिपूर्ण हुन्छन् र यसकाे मुल्य पनि कम लाग्ने हुन्छ ।

तर फाेटाेमा जुन ब्रेड देखाइएकाे छ त्याे ब्रेड हाम्राे भान्सा वा घरमा देखिने अाम कक्राेचबाट बन्दैन् । याे कक्राेच एक प्रकारकाे प्रजातीबाट बनेकाे हुन्छ जुन उत्तर अफ्रीकामा पाइन्छ । यसलार्इ लोकस्ट कक्रोच (नोफीटा सिनेरा) भनिन्छ । याे छिटाे-छिटाे बढ्ने पनि हुन्छ ।

विश्वभर हजाराैँ प्रकारका किराहरू पाइन्छन् तर खानाकाे रूपमा याे कक्राेच नै किन ? भन्ने पनि सवाल उठ्न सक्छ ।

यसकाे मुख्य कारण- यसमा राताे मासुभन्दा पनि बढी प्राेटिन पाइन्छ । राताे मासुमा ५० प्रतिशत प्राेटिन हुन्छ भने यसमा ७० प्रतिशत प्राेटिन पाइन्छ ।

दक्षिण ब्राजीलका एक इन्जीनियर आन्द्रीसा जेन्तजेन  भन्छन्, ‘वातावरणमा तालमेल मिलाउनु र लाखाैं वर्षसम्म जिउँदाे हुनुमा कक्राेचले खास गुण अपनाएकाे हुनसक्छ ।’

शाेधकर्ताहरू मिलेर यस कक्राेचलार्इ सुकाएर यसकाे पिठाे बनाउन सफल रहे । उक्त पिठाेकाे प्रतिकिलाे ५१ अमेरिकी डलर रहेकाेछ ।

१०० ग्राममा बनेकाे साधारण ब्रेडले ९.७ ग्राम प्राेटिन दिन्छ भने यसकाे तुलनामा कक्राेच ब्रेडले २२.६ ग्राम प्राेटिन दिन्छ ।

शाेधकर्ताका अनुसार, याे ब्रेडमा फ्याट अर्थात तेलकाे मात्रा ६८ प्रतिशत कम हुन्छ । स्वादकाे मामलामा याे ब्रेड शत प्रतिशत साधारण ब्रेड जस्ताे नै हुन्छ । स्वाद, टेक्सचर, बास्ना, रंगलार्इ चेकजाँच गर्दा यसमा साधारण ब्रेड जस्तै स्वाद अाएकाे शाेधकर्ताहरू बताउँछन् । उनीहरू भन्छन्, कतिजनालार्इ यसमा बदामकाे बास्ना अाउन सक्छ ।

खाद्य सुरक्षा अधिकारीले किरा खाने अनुमति नदिएकाले याे ब्रेड ब्राजीलकाे सबै पसलसम्म पुग्न सकेकाे छैन् । तर स्पेन, ब्रिटेन जस्ता देशहरूमा किरायुक्त खाना खान पाउनुपर्ने अनुमति दिइरहेकाे पाइन्छ ।

(बीबीसीबाट सुजाता मिश्रद्वारा अनुदित)

प्रतिक्रिया दिनुहोस्

LIVE TV