२१ आश्विन २०७५, आईतवार

काठमाडौँ । भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
थिम्पुमा रहेको चाङलिमिथाङमा रहेको रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार बेलुका सात बजेदेखि शुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो ।

बंगलादेशले सेमिफाइनलमा आयोजक भुटानलाई ४–० ले हराएउँदै फाइनलमा पुगेको हो । समूह चरणमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित भएको थियो ।

LIVE TV