२१ आश्विन २०७५, आईतवार

काठमाडौं । नेपाल राष्ट्रबैंकले दशैंका लागि आजदेखि नयाँ नोट साट्ने सुविधा सुरु गर्दैछ । राष्ट्रबैंकका अनुसार यस वर्ष प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट साट्न पाइनेछ ।

राष्ट्रबैंकले अघिल्ला वर्षहरुमा पनि यही व्यवस्था गरेको थियो । राष्ट्रबैंकले ५, १०, २०, ५०, १०० र एक हजारमा नयाँ नोट सटही खुला गरेको हो । राष्ट्रबैंकले बिभिन्न २१ स्थानबाट नयाँ नोट साट्ने सुविधा उपलब्ध हुने जानकारी दिएको छ ।

आफूबाहेक बाणिज्य बैंकहरुलाई पनि नयाँ नोट साट्ने जिम्मेबारी दिएको छ । राष्ट्रबैंकले १२ असोजदेखि नै बाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराउँदै आएको छ ।

LIVE TV