२१ आश्विन २०७५, आईतवार

धनकुटा, २१ असोज । आर्थिक अभावले उपचार समस्यामा परेका धनकुटा चौबिसे बालक सन्देश तामाङ्गको उपचारको लागि हङकङ निवासी नेपालीहरुले २ लाख १३ हजार २ सय २० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

२०७३ सालमा करेन्ट लागेर एक हात गुमाएर देब्रपाटो आधा शरीर अपाँगता भएका चौबिसे गाउँपालिका वडा नं.२ बन्दुके डाँडा निवासी ७ वर्षीय तामाङ्गका बारेमा पहिलोपटक विभिन्न डिजिटल मिडियाहरुले समाचार प्रकाशन सम्प्रशन गरेका थिए ।

आर्थिक अभावमा लडेर टाउकोमा लागेको चोटको उपचार गर्न नसकेको यस धनकुटा खरबरले भदौ २६ गते समचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशनपछि अभियान शुरु गरेपछि आर्थिक संकलन गर्नेक्रममा हङकङ निवासी ४ जना नेपाली महिलाहरुको पहलमा उक्त सहयोग जुटेको हो ।

हङकङमा बसोबास गर्दै आएकी शर्मिला गुरुङ (लमजुङ), टिकामाया गुरुङ(कास्कीं), समु राई र सारदा राई (खोटाङ्ग(को पहलमा उक्त सहयोग जुटेको नेपाली प्रतिनिधि गायक तथा ईभेन्ट म्यानेजर धरानकी मीना सिङ्गकले जानकारी दिए ।

उक्त रकम धनकुटाका राजारानी रिसोर्टमा सन्देशका बाजे जितबहादुर तामाङ्गलाई सिंङ्गक सहित समाजसेवी तथा सौन्दर्यकर्मी कमला सुब्बा, गायिकका तथा मोडल रेखा फागोले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

करेन्ट लागेको समयमा उनको उपचारका लागि ऋण काढेको १० लाख ५० हजार र निजी ५ लाख गरी १५ लाख ५० हजार रुपैंया उनका परिवारले खर्च गरेका थिए । तर पछिल्लो ४ महिनापछि भने उनी फेरी बिरामी हुँदा उनका बाउ आमा बेपत्ता भएर उनलाई समस्या भएको थियो ।

त्यसपछि ‘धनकुटा खबर’ले आफ्नो तर्फबाट ११ हजार १ सय ११ सहयोग गर्दै सन्देश बचाउ अभियान शुरु गरेको थियो । साथै अन्य केही डिजिटल मिडियाहरुले समेत सन्देश बचाउ अभियानको खातामा सहयोग रकम जम्मा गरेका छन् । खातामा संकलित रकम केहि सातापछि तामाङ्ग परिवारलाई हस्तान्तरण गरि अभियान बन्द गरिने संस्थाका सन्चालक बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।

आर्थिक सहयोग पाएपछि बालक तामाङ्गको धरान स्थित वीपी मेमोरियल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लाने तयारी भई रहेको उनका बाजे जितबहादुर तामाङ्गले जानकारी दिए ।

सहयोगको लागि:
खातावालाको नाम : धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि. (Dhankuta Khabar Netwrok Service Pvt.Ltd.)
बैंक : जनता बिकास बैंक, पाख्रीबास शाखा धनकुटा (Janata Bank)
खाता नं : ०२६००२०४७७४७२०१ (026002047747201)

प्रतिक्रिया दिनुहोस्

LIVE TV