२१ आश्विन २०७५, आईतवार

भिटोरिय । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा अलाभेससँग रियल म्याड्रिड १-० ले पराजित भएको छ । इन्ज्युरी समयमा मानु गार्सियाले गरेको गोल नै अलाभेसका लागि निर्णयक गोल बन्यो ।

पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको अन्तिम समयमा रियल मडि्रड अलाभेससँग रियलले हार  व्यहोर्न बाध्य भयो ।

यो हारसँगै रियल अंक तालिकामा खस्केको छ भने ३३ वर्षको कीर्तिमान समेत तोडिएको छ । घरेलु मैदानमा डेपोर्टिभो अलाभेसले शानदार प्रदर्शन गरेको थियो । तर, उसलाई गोल गर्न खेलको अन्तिम मिनेटसम्म कुर्नुपरेको थियो । खेलको अतिरिक्त समयमा मनु ग्यारिकाले गोल गरी अलाभेसका लागि महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

जितसँगै अलाभेस ८ खेलबाट १४ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । यता रियल मड्रिड भने ला लिगामा पछिल्लो पाँच खेलमा दोस्रो पराजय ब्यहोर्न बाध्य भयो । समान १४ अंक नै भए पनि रियल दोस्रो स्थानमा छ । पूर्व क्लवले खराव प्रदर्शन गरिरहँदा यसै सिजनदेखि इटली गएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोकै प्रेरणामा युभेन्टसले पनि विजयी यात्रालाई कायमै राखेको छ ।

लिगमा आठौं चरणसम्म शतप्रतिशत जित निकाल्ने क्रममा युभेन्टसले उडिनेसेलाई २–० गोलले हरायो । युभेन्टसको जितमा रोड्रिगो बेन्टानकोर र रोनाल्डोले गोल गरेका थिए । बलात्कार प्रकरणले रोनाल्डो र युभेन्टसको क्रेज निरन्तर ओरालो लागिरहेको अवस्थामा उसले इटलीयन सिरी एको अंकतालिकाको शीर्ष स्थानमा ८ अंकको स्पष्ट अग्रता लिएको छ ।

यता इंग्लिस प्रिमियर लिगमा भने खराव लयबाट गुज्रिरहेको म्यान्चेस्टर युनाइटेडले न्युकाशलबिरुद्ध ३–२ गोलको महत्वपूर्ण जित आत्मसाथ गरेको छ । यो जितले प्रशिक्षक जोसे माउरिन्होको दवाव पनि कम गराइदिएको छ । खेलको सुरुआती १० मिनेटमै दुई गोल गरेको न्युकाशलले अग्रता जोगाउन सकेन र पराजय ब्यहोरेको हो । उसका लागि रोबर्ट केनेडी र योशिनोरी मोतुले गोल गरेका थिए । तर, खेलको अन्तिम २० मिनेटभित्र युनाइटेडले तीन गोल गर्न सफल भयो । युनाइटेडका लागि जुहान माटा, एन्थोनी मार्सल र एलेक्सिस सान्चेसले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV