२१ आश्विन २०७५, आईतवार

काठमाडाैं। नेपालका सुपरस्टार मानिने नायक अनमाेल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को रिलिज मिति तय गरिएको छ ।

चलचित्रका निर्माता भूवन केसीले फागुनको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि यो मितिमा चलचित्र रिलिज गर्न लागेकाे निर्माण युनिटले बताएका हुन् ।

दिवाकर भट्टराइको निर्देशन रहेकाे यस चलचित्रमा भीएफएक्सको पनि प्रयाेग गरिएकाे छ । चलचित्रमा अनमोलका साथै सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेकाे छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV