२१ आश्विन २०७५, आईतवार

काठमाडौं । राष्ट्रपति निवासका रुपमा प्रयाेगमा ल्याइएकाे शीतल निवास भत्काउन ठेक्का दिएर पनि अब नभत्काइने निर्णय गरिएकाे छ । पुरातात्विक एवं सम्पदागत महत्व बाेकेकाे शीतल निवासलाई ‘रेट्रोफिटङ’ अर्थात प्रबलीकरण गरेर संरक्षण गरिने भएकाे हाे ।

०७२ सालको विनाशकारी भूकम्पबाट शीतल निवासमा क्षति पुगेपछि त्यसलार्इ भत्काएर राष्ट्रपतिकाे निवासका लागि नयाँ अाधुनिक भवन बनाइने निर्णय गरिएकाे थियाे । साे भत्काउनकै लागि डिजिकन इन्जिनियर्स कन्सल्टेन्ट प्रालिलाई ठेक्का समेत दिइसकिएको थियो । तर भत्काउने कुराकाे चर्काे अालाेचना भएपछि पूर्वनिर्णयमाथि पुनर्विचार गरिएकाे हाे ।

शीतल निवासकाे कलात्मक माेहडा जाेगाउनुपर्ने र अग्रभाग भत्काउन नपर्ने रिपोर्ट विज्ञहरुले दिएपछि भत्काउने निर्णय राेकिएकाे थियाे । विगतमा सहरी विकास मन्त्रालय, भवन विभाग र केन्द्रीय आयोजना कार्यान्वयनका अधिकारीहरु भत्काउने पक्षमा थिए । तर लामाे अध्ययन र छलफलपछि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीबीचकाे भेटमा साे भवन नभत्काउने निर्णय भएको जनाइएकाे छ ।

LIVE TV