२० आश्विन २०७५, शनिबार

काठमाडौं, २० असोज । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २८५ औं एपिसोड हो । आजको यस विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. यति एयरलायन्सको जहाजमा ३० बर्षीया रायमाझीको रहस्यमय मृत्यु

काठमाडौं । असोज ५ गते यति एयरलायन्सको जहाजमा भैरहवाबाट काठमाडौं आउँदै गरेकी कपिलवस्तुकी ३० बर्षीया पुष्पा रायमाझीको मृत्यु भयो । मृतक रायमाझी ७८ वर्षीया हजुरआमाको उपचारको लागि फुपु माया खड्कासहित काठमाडौं आउँदै थिइन् ।
यति एयरको एटीआर ७२–५०० विमानमा उडेको केहि मिनेटमा नै जहाज भित्र अक्सीजनको मात्रा निकै कम भएकाले सबै यात्रु आत्तिएको पुष्पाका आफन्त बताउँछन् । रायमाझीसँगै सिटमा रहेकी उनकी फुपु खड्का अनुसार विमान उडेको केहि बेरमै गर्मी भएको भन्दै पुष्पा आत्तालिन थालेपछि चेक गर्दा जहाजको एसी बन्द थियो, भने विमानका एयर होस्टेजहरुले समेत सहयोग माग्न थालेका थिए ।

२. काठमाडौंको रेष्टुरेन्टमा खुलेआम लुट, केहि गर्न नमिल्ने भन्दै पीडितलाई घर जान सुझाव दिदै प्रहरी

काठमाडौं, २० असोज । सल्यानका केशवहादुर खत्री, राहदानी नविकरण गर्न काठमाडौं आएका उनि कहिल्यै नदेखेको डान्सबारबाट लुटिएका छन् । सस्तो होटल खोज्दै घण्टाघर नजिक हिँडिरहेको उनलाई केहि व्यक्तिले सस्तो र राम्रो होटल भएको भन्दै घण्टाघर नजिकको डान्स बार लगेर धम्क्याउँदै साथमा भएको ५ हजार रुपैया लुटे । एक गिलास जुस जवरजस्ती खुवाए र त्यसको बिल ५ हजार भएको भन्दै पैसा लिए ।

आफ्नो पैसा जवरजस्ती लुटिएपछि उनि घण्टाघर अघि ड्युटीमा रहेका प्रहरीलाई लुटिएको गुनासो गरे तर उल्टो ती प्रहरीले आफुले केहि गर्न नमिल्ने भन्दै उन्लाई घर जान सुझाव दिए ।

३. फ्लाई दुबईको लुटः मृत्यु भइसकेको मानिसको पनि टिकट क्यान्सील गर्न मान्दैन

काठमाडौं । बैदेशिक रोजागरीमा जाने नेपालीहरुलाई एयरलायन्स कम्पनीहरुले कतिसम्म हेप्छन् त्यसको एक उदाहरण फ्लाई दुवईले दिएको छ । जोडनमा काम गर्दै अएका उदयपुर कटारीका शिवकुमार श्रेष्ठ र उनकी श्रीमती कोपाली बरालले जोर्डन जान अक्टोबर ५ तारिखको टिकट काटे ।

तर बिदेश नजादै सेप्टेम्बर ३० मा कोपिलाको निधन भयो । यस अघि जोडनमै दुर्घटनामा परेकी उनि नेपाल आएको बेलासमेत उपचार गराईरहेकी थिईन् ।

 

 

LIVE TV