२० आश्विन २०७५, शनिबार

काठमाडौं ।  दोस्रो चन्द्रागिरी अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि सिमल बचत तथा ऋण सहकारी संस्थाले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा खुसीखुसी सहकारीलाई ६–० गोलले पराजित गर्दै सिमलले उपाधि जितेको हो । नयाँ नैकापमा अवस्थित तपाईं हाम्रो बहुृद्देशीय सहकारी संस्थाको ११औं बार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा १२ सहकारी टोलीको सहभागिता रहेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, एन्फा फुटसल समितिका उपसंयोजक सुन्दर थापा र तपाईं हाम्रो बहुृद्देशीय सहकारी संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरलगायतले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV